थप २०५ जनामा कोरोना संक्रमण, ४३६ जना निको

 ग्लोबल टिभि      आइतवार, मंसिर १९, २०७८      0

पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २ सय जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ४ सय ३६ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार एक सय ८४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५ सय ४१ पुगेको छ भने ८ लाख ४ हजार ५ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ७ जना रहेका छन् । जसमध्ये ६ हजार एक सय ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय ४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये एक सय ७ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७ जना कोरोना संक्रमित थपिएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *