जनवरीदेखि विद्यालयमा नै खोप दिन सुरु गरिने

 ग्लोबल टिभि           0
file photo

सरकारले विद्यालयलाई लक्षित गरेर विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । आगामी जनवरीदेखि विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए ।
आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री खतिवडाले जनवरीदेखि विद्यालयबाटै १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई खोप दिने तयारी गरेको जानकारी दिए ।
सरकारले यो उमेरका बालबालिकालाई दिन ६० लाख डोज फाइजर र ४० लाख डोज मोर्डना खोप ल्याउने निश्चित भइसकेको छ । जनवरीदेखि खोप केन्द्रलाई बढाएर १८ हजार पुर्‍याउनेगरी तयारी गरिरहेको पनि मन्त्री खतिवडाले जानकारी दिए ।

त्यसका लागि ४० लाख डोज दूर्गम तथा जनघनत्व बढी भएका जिल्लामा फाइजर र सहजै व्यवस्थापन गर्न सकिने जिल्लाहरूमा मोर्डना खोप दिइने परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक लाल कर्णले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *