कोरोना संक्रमण-२४ घण्टामा थपिए २६५ संक्रमित, २ जनाको मृत्यु

 ग्लोबल टिभि      सोमवार, मंसिर २०, २०७८      0

पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ नमूना परीक्षणमध्ये २३८ पीसीआर र २७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५४३ पुगेको छ । मन्त्रालयका अनुसार थप ३५७ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ । हाल मुलुकभर ६ हजार ३८६ सक्रिय संक्रमित छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *