बालिका बलात्कार अभियोगमा एक जना पक्राउ

 ग्लोबल टिभि      शुक्रबार, पुस १७, २०७७      0

ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बोजेपोखरीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही स्थान डेरा गरी बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४२ वर्षीय हर्कबहादुर विक रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

हर्कबहादुरले ती बालिकालाई आफ्नै कोठामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग टीकाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *