पेस्तोल देखाएर लुटपाटको प्रयास

 ग्लोवल टि.भी.      आइतवार, पुस १९, २०७७      0

आइतबार बिहान काठमाडौं महानगरपालिका ३२ कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर एक युवकलाई लुटपाटको प्रयास भएको छ।

राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरमाथि लुटपाटको प्रयास भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए ।

’कटुवा पेस्तोल देखाएर मोबाइल फोन माग्यो। आफूले प्रतिवाद गर्दा पेस्तोल झरेपछि ती व्यक्ति भागेको भन्ने खबर आएको थियो,’ उनले भने।

उनले घटना भएपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *