ग्लोबल टिभि
0
file photo
मोरङको विरटानगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहागरपालिका(२ बरगाछीका ३२ वर्षीय अमित लिम्बु र सोही ठाउँ बस्ने २७ वर्षीय हेमराज बस्नेत रहेका छन् ।
उनीहरुको साथबाट नाइट्रोभेट १० लेखिएको २४ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन ८ चक्की फेला परेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद भएको उनले बताए । प्रहरीले उनीहरु सवार कारबाट मोबिलको गिलेनमा डाइलेक्स डिसी जस्तो देखिने तरल पदार्थ १ ग्यालिन बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 1,343
Leave a Reply