यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना घाइते

 ग्लोबल टिभि           0

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुुसार ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

घाइते सबैको उद्धार गरिसकिएको उनले बताए।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *