ग्लोवल टि.भी.
सोमवार, पुस २०, २०७७
0

स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित एकजना भारतीय नागरिकलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमितकुमार थापालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो ।
उनी सवार गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ । यस घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने नेपाल प्रहरीको तयारी छ ।

Leave a Reply