ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु -दुई जना घाइते

 ग्लोवल टि.भी.      सोमवार, पुस २०, २०७७      0

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धनगढीबाट बझाङ तर्फ गइरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर सोमबार बिहान २ बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउँपालिका ९ बाँजपानीमा दुर्घटना हुँदा बझाङको बित्थडचीर गाउँपालिका वडा नं ४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

घाइते दुबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *