वीरगञ्ज महानगरपालिका २१ मा १०५ किलो लागूऔषधगाँजा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय प्रभात तामाङ, धादिङको बेनीघाटरोराङ्ग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवनको राप्ती नगरपालिका-२ का ५० वर्षीय सानुलाल तामाङ, मकवानपुरको कैलाश गाउँपालिका-१० का २६ वर्षीय रामलाल गोले र पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ का ५१ वर्षीय सहिद मियाँ आलम रहेका छन् ।
शंकास्पद अवस्थामा रोकी राखेको ना. ४ ख ६५२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएको हो ।
ट्रकको मालसमान राख्ने ठाँउमा कालो त्रिपालले छोपेर लुकाइ राखेको अवस्थामा ७ पोका लागूऔषध गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको लागूऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णकुमार महतले जानकारी दिए ।
उनीहरुविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply