ग्लोबल टिभि
सोमवार, पुस २०, २०७७
0
रुकुम पश्चिममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–१० का ५४ वर्षीय हरिबहादुर खड्काको रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । तीन दिनदेखि बेपत्ता रहेका खड्कालाई आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी पुस १८ गतेदेखि बेपत्ता रहेका थिए । उनी भिरबाट करिब ३०० मिटर तल खसेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
Post Views: 1,214
Leave a Reply