सवारी दुर्घटनामा परी १ जनाको मृत्यु

 ग्लोबल टिभि           0

मोरङको रतुवामाईमा ट्याक्टर र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ रतुवामाई नगरपालिका–६ कादुपाडामा भएको सो दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो।

भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको को २ त १२९० नम्बरको ट्याक्टर र बिपरीत दिशाबाट आउँदै गरेको को १५ प १४०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।

मोटरसाइकल चालक रतुवामाई–८ का २० वर्षीय ज्ञानेन्द्र भुसालको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।

ट्याक्टर चालक रतुवामाई–८ का ३४ वर्षीय दिलबहादुर भुजेललाई नियन्त्रणमा लिएको एसपी खड्काले बताए।

शवलाई पोस्टमार्टमका लागि झापाको दमकस्थित आम्दा अस्पताल लगिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *