मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, पुस २२, २०७७      0

सर्लाहीमा आफैंले चलाएको मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका वडानम्बर(२ बस्ने रामएकबाल राय यादव रहेका छन् ।

यादवले चलाएको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका(४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *