काठमाण्डौं । १० बर्षे सशस्त्र माओवादी द्वन्दको पीडामा राज्यसंग अझै न्यायको हार गुहार गर्ने एक प्रतिनिधि पात्र हुन् गंगामाया अधिकारी । द्वन्द्वसंग कुनै साइनो नभएका छोरा कृष्णप्रसाद अधिकारीलाई गुमाएपछि बेचैन बनेको अधिकारी परिवार डेढ दशकदेखि राज्यसंग न्याय मागिरहेको छ । छोराको हत्यारालाई कारवाहीको माग गर्दे गंगामायाका श्रीमान ७ बर्ष अनशन बसे ,अन्तत जीन्दगीसंग हार खाएको पनि धेरै बर्ष भयो, उनको शव अहिले पनि त्रिबि शिक्षण अस्पताल महाराजगञ्जको शव गृहमा छ ।
श्रीमति गंगामायाले पनि न्यायको भीख माग्दै अनशन बसेको ९ बर्ष भयो । पछिल्लो समय १८ दिनदेखि उनी ट्रमा सेन्टरमा राज्यसंग छोराको हत्यारालाई कारवाही हुनुपर्ने माग गरिरहेकि छिन् ।
उनको कान्ति हराएको अनुहारलेने धेरै कुुरा बोलिरहेको छ र पनि सकि नसकि उनले ग्लोबल टेलिभिजनसंग भनिन् अब राज्यबाट न्यायको आश हरायो, बेडमै फाँसी दिए हुन्छ ।
Leave a Reply