ग्लोबल टिभि
बुधबार, पुस २२, २०७७
0
दैलेखमा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय रामबहादुर बिक पक्राउ रहेका छन्।
घरमा कोही नभएको अवस्थामा नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
डीएसपी श्रेष्ठका अनुसार स्थानीय एक व्यक्तिले उक्त घटनाबारे प्रहरीलाई खबर गरेलगत्तै खटिएको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका ती पुरुषलाई अदालतबाट म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया थालिएको छ ।
Post Views: 1,021
Leave a Reply