राज्यको हरेक निकायमा महिला अधिकार सुनिश्चित भएको-प्रधानमन्त्री देउवा

 ग्लोवल टि.भी.      शनिबार, पुस १७, २०७८      0

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा महिलाहरुको प्रतिनिधित्व बढ्दै गएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दावी समेत गरे ।

शनिबार सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य  डा. डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ को विमोचन गर्दै उनले मुलुकको कार्यकारी तहहरुमा समेत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेर नेपाल र नेपाली काँग्रेस स्वयम्ले आफूलाई सबै समूदायको पार्टीको रुपमा चिनाएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *