ग्लोबल टिभि
बुधबार, पुस २१, २०७८
0
नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।
सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यराति यादवको घर गएका एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।
प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए ।
Post Views: 774
Leave a Reply