प्रदूषण रोक्न प्रदर्शन : ( फोटो र भिडियो सहित)

 ग्लोवल टि.भी.      बिहिबार, पुस २३, २०७७      0

वायु प्रदूषण बढेको भन्दै वातावरण अभियन्ताहरुले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
काठमाडौंको माइतिघरमा प्रदर्शन गर्दै अभियान्ताहरुले प्रदूषण रोक्न सरकारको ध्यानार्षण गराएका हुन् ।

उनीहरुले स्वच्छ सास फेर्न देउ, प्रदुषण अन्त्य नभए हाम्रो अन्त्य हुने छ, बिद्युतिय सवारी साधनलाई प्रोत्साहन गर लगाएतका प्लेकार्ड बोकेका थिए ।

हरियो वन नेपालको धन भन्ने केहि बर्ष अघिको भनाईलाई सार्थकता तुल्याउनुपर्ने, प्रदुषण गर्ने सवारीसाधानलाई बिस्थापीत गर्नुपर्ने उनीहरुको माग छ ।

सोमबार काठमाडौंमा वायु प्रदूषण विश्वकै पहिलो स्थानमा देखिएको थियो । त्यसपछि वातावरण अभियन्ताहरुले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *