काठमाण्डौं । एक दशक भन्दा लामो सशस्त्र द्वन्द्व सकिएपनि त्यस्का बाछिटा अझै बाँकी छन् । छोराको हत्यारालाई कारवाहीको माग गर्दै गंगामाया अधिकारी बर्षोदेखि अनसनमै छन् ।
अनसनकै क्रममा पति नन्दप्रसाद अधिकारीले ज्यान गुमाए । राज्यसंग यसरी न्यायको भिख माग्ने गंगामाया एक प्रतिनिधि पात्र हुन् । धेरै गंगामायाँहरुले न्याय पाउन बाँकी छ । पछिल्लो समय १८ दिनदेखि ट्रमा सेन्टरमा अनशनरत गंगामायाको स्वास्थ्यस्थितिप्रति अधिकारकर्मी एवं नागरिक समाजका अगुवाहरुले पनि चासो ब्यक्त गरेका छन् ।
यसैक्रममा ग्लोबल टेलिभिजनसंग कुरा गर्देै अधिकारकर्मी एवं पत्रकार कनकमणि दिक्षितले ‘अनसनकै कारण मर्नुभन्दा बाँचेरै न्यायका लागि लड्न’ सुझाव दिएका छन् ।
अनसन स्थल पुगेका दिक्षितले ग्लोबल टेलिभिजनसंग भने‘ गंगामाया न्यायका लागि नागरिकले कति सम्म बलिदान गर्न सक्छ भन्ने बिश्वकै उदाहरण भएको’ बताए ।
Leave a Reply