बस दुर्घटना हुँदा एकजनाको मृत्यु

 ग्लोबल टिभि           0

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृतकको पुष्टि भने भएको छैन। बस सडकबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ।

बिहीबार सवा ३ बजेतिर भएको उक्त दुर्घटनाको बारेमा पूर्ण विवरण भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छिन्चुको टोली गइरहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *