काठमाडौंमा कोरोनाविरूद्धको खोप कहाँ-कहाँ पाइन्छरु ?

 ग्लोबल टिभि           0

पुस २९
पछिल्लो समय कोरोना विरूद्धको खोप लगाउने मानिसको संख्या बढेसँगै काठमाडौंमा केही निजी अस्पतालबाट पनि खोप लगाउन पाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार सरकारी अस्पातालबाहेक ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध हुनेछ।
यसअघि काठमाडौंमा ११ खोप केन्द्र थिए। सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि,लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट यसअघि नै खोप लगाइँदै आएको छ ।
काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
यस्तै काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विद्यार्थीलाई उनीहरू पढ्दै आएको स्कुलबाटै खोप लगाइने भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाइँदै आएको छ। खोप बिहान १० बजेदेखि ३ बजेसम्म लगाइँदै आएको छ ।
सिसिएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक सेवा लिनका लागि कोरोना भाइरसविरूद्धको खोप लगाएको प्रमाण पत्र देखाउनुपर्ने नियम लागू गरेपछि खोप लगाउनेको भीड बढेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *