ग्लोबल टिभि
0
पुस २९
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौफोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छ । आज धोबिखोला करिडोरको अनुगमनका क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई उक्त निर्देशन दिएको हो । मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले बिहानै गएर उक्त क्षेत्रको निरीक्षण गरेको हो । टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ ।
Post Views: 1,010
Leave a Reply