ग्लोबल टिभि
बिहिबार, पुस २९, २०७८
0
कोरोना संक्रमित नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वाथ्यमा सुधार आएको छ । २४ पुसमा कोरोना संक्रमित भएका थिए ।
स्वकीय सचिव समेत रहेकी उनकी छोरी गंगा दाहालले सामाजिक संजालमा आफ्ना बुवासँगको तस्बिर राख्दै कोरोनाका लक्ष्मणमुक्त भएको र २ दिनपछि पीसीआर परीक्षण गर्ने जानकारी दिएकी छन् ।
‘बुवाको स्वास्थ्य अवश्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएकोले डक्टरको सल्लाह अनुसार अवको २ दिनमा पीसिआर परीक्षण गर्ने र नेगेटिभ नदेखिए सम्म आईसोलेसनमा बस्नुहनेछ,’ उनले लेखेकी छन् ।
Post Views: 862
Leave a Reply