शक्ति केन्द्र धाएर कुनै छुट नपाउने-शिक्षामन्त्री पौडेल

 ग्लोबल टिभि           0

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुले कुनै शक्तिकेन्द्र धाएर छुट नपाउने बताएका छन् ।

बिहीबार विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलमा उनले जथाभावी शुल्क उठाउने मेडिकल कलेजहरुले शक्ति केन्द्र धाएर कानुन विपरीतको काममा छुट नपाउने बताए । ‘नियम विपरीत काम कसैबाट भएको रहेछ र प्रमाणित भयो भने कुनै पनि प्रकारको शक्ति केन्द्रमा धाएर वा प्रेसर दिएर कानून विपरीतका कामलाई छुट दिइँदैन’ उनले भने ।
उनले आजै वा भोलिसम्म मेडिकल कलेजका प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधिलगायतलाई बोलाएर समस्या समाधान गर्ने पनि जिकिर गरे । शक्ति केन्द्र धाएर कानुन विपरीतका काम ढाकछोप गर्न खोज्ने प्रवृत्तिलाई सहन नसक्ने मन्त्री पौडेलको भनाइ छ ।

‘राज्यका निकायलाई धम्क्याउने, अनावश्यक प्रयोग, परिचालन गर्ने, कानून आफ्नो हातमा लिने, कानून विपरीत काम गर्ने, शक्ति केन्द्रहरु धाएर कानून विपरीतका कामहरु ढाकछोप गर्न खोज्ने प्रकारको प्रवृत्तिलाई शिक्षा मन्त्रालयले सहन सक्दैन’ उनले भने ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौंको काठमाडौं मेडिकल कलेज (केएमसी), विराटनगरको नोबेल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा छन् । ती मेडिकल कलेजले भने शिक्षण शुल्क भन्दाबाहेक होस्टल शुल्क, रजिस्ट्रेशन शुल्कलगायतका शीर्षक राखेर विद्यार्थीसँग अतिरिक्त शुल्क उठाइरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *