ग्लोबल टिभि
0
विश्वभर कोरोना संक्रमतिको संख्या ३२ करोड नाघेको छ। गत २४ घण्टामा मात्रै ३० लाख ३२ हजार संक्रमति थपिएसँगै कुल संक्रमितको संख्या ३२ करोड ४ लाख ८७ हजार पुगेको हो।
यो अवधिमा झण्डै सात हजार संक्रमितको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १६ सय ३१, रसियामा ७४०, वेलायतमा ३३५, इटलीमा ३१६, जर्मनीमा २६१, फ्रान्समा २२५, ब्राजिलमा १९० र टर्कीमा १५३ जनाको मृत्यु भएको छ। हाल विश्वभर सक्रिय संक्रमितको संख्या पाँच करोड नाघेको जनाएको छ।
Post Views: 898
Leave a Reply