एक हजार ७ सय १९ टन कन्दमूल एक महिनामै आयात

 ग्लोबल टिभि           0

माघेसंक्रान्तिलाई लक्षित गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको पाइएको छ । तरुल, सखरखण्ड र पिँडालु गरी पुस महीनाभित्र मात्र माघेसंक्रान्तिलाई लक्षित गर्दै उक्त परिमाणमा कन्दमूल भित्रिएको हो ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस महीनामा मात्र १ सय ९७ टन सखरखण्ड, २ सय ९३ टन पिँडालु, र १ हजार २ सय २९ टन तरुल गरी कुल १ हजार ७ सय १९ टन कन्दमूल भित्रिएको हो । यो परिमाण अघिल्लो वर्षको पुस महीनाको तुलनामा १ सय ३८ टनले बढी हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *