पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि जारी

 ग्लोबल टिभि           0

पुस ३०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको छ ।
यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार कार्यविधि जारी गरिएको हो । कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले यस कार्यक्रम अन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ ।

प्रस्तावनाको मूल्याङ्कनका आधारमा सरकारले विद्यालयलाई अनुदान दिने र अनुदानका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराउने जारी कार्यविधिमा जनाइएको छ । अघिल्लो सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सुरु गरेको थियो भने वर्तमान सरकार बनेपछि त्यसमा ‘पढ्दै कमाउँदै कार्यक्रम‘ पूरक बजेटमार्फतबाट थपेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *