स्वास्थ्य मापदण्ड पालना गरेर माघेसंक्रान्ति मनाउन उपराष्ट्रपतिको आह्वान

 ग्लोबल टिभि      शनिबार, माघ १, २०७८      0

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकभर कोरोनाको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर माघेसंक्रन्ति पर्व मनाउन आह्वान गरेका छन् ।

माघे संक्रान्ति पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोरोना भाइरस (कोभिड-१९)को अर्को लहर तीव्र रुपमा फैलिरहेकाले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले लिएको निर्णयको पालना गर्न सबै नागरिकलाई आग्रह गरेका छन् ।
माघेसंक्रान्ति पर्वले कोरोना भाइरसको तेस्रो लहरलाई नियन्त्रण गर्न सबै नेपालीलाई एकताबद्ध हुन ऊर्जा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास छ।

उनले मुलुकको दिगो विकास, स्थायी शान्ति, संविधानको संरक्षण र पूर्ण पालन, राजनीतिक स्थायित्व तथा मुलुकको समृद्धिका लागि जिम्मेवार हुन माघेसंक्रान्तिले सबै नेपालीलाई प्रेरणा देओस् भनी कामना गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *