ग्लोबल टिभि
शनिबार, माघ १, २०७८
0
पछिल्लो समय ओमिक्रोन भेरियन्ट नेपालमा पनि फैलिएसँगै संक्रमितको संख्या बढ्न थालेको छ । बुधबार ३ हजार ७५ जना नयाँ सक्रमित थपिएकोमा बिहीबार नयाँ संक्रमितको संख्या ३ हजार ५ सय ५३ पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार नाघेको छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ ।
मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आंकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा संक्रमण उत्कर्षमा पुग्ने देखिएको बताएको छ । माघमा मात्रै डेढ लाख बढी संक्रमित थपिने मन्त्रालयको अनुमान छ ।
Post Views: 831
Leave a Reply