आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज(स्वास्थ्य मन्त्रालय)

 ग्लोबल टिभि           0
Vials with Pfizer-BioNTech, AstraZeneca, and Moderna coronavirus disease (COVID-19) vaccine labels are seen in this illustration picture taken March 19, 2021. REUTERS/Dado Ruvic/Illustration

माघ २
सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइने जनाएको छ। बुस्टर डोजमा पहिले लगाइएकै खोप दिइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आवश्यक तयारीका लागि सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिइसकेको छ । ६० वर्ष र उक्त उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने माघ १४ गतेदेखि बुस्टर डोज दिइने मन्त्रालयले निर्णय गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *