ग्लोबल टिभि
0
माघ४
सर्वोच्च अदालतले पुनर्निर्मित काष्ठमण्डपमा नयाँ मूर्ति नराख्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले नयाँ मूर्ति राख्ने कार्य तत्काल रोक्न भन्दै सरकारका नाममा कारण देखाउ आदेश पनि दिए । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै हनुमानढोकाको भण्डारमा थन्काइएको मूर्ति काष्ठमाण्डपमा नै फर्काउनुपर्ने भएको छ ।
अधिवक्ता तथा सम्पदा संरक्षणकर्मी सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनः स्थापना गरेर नित्यपूजा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे ।
Post Views: 1,250
Leave a Reply