माघ ४
नेपाल धितोपत्र बोर्डले रोकेको सबै प्रकारका सार्वजनिक निष्कासन खुलाउने तयारी थालेको छ ।
धितोपत्र बोर्डमा हाल अध्यक्षको पद रिक्त हुँदा सार्वजनिक निष्कासनको कार्य रोकिएको छ । धितोपत्र ऐनमा भने बोर्ड अध्यक्ष नभएपनि आईपीओ लगायत अन्य सार्वजनिक निष्कासन अनुमति दिन रोक्न नहुने उल्लेख छ । यसै अनुसार बोर्डले अध्ययन गरेर सार्वजनिक निष्कासलाई खुलाउने तयारी थाल्ने भएको हो ।
रोकिएका प्राथमिक सेयर (आईपीओ), हकप्रद सेयर, म्युचअल फण्ड र ऋणपत्रलाई (डिबेञ्चर) निष्कासन स्वीकृति दिन लागेको हो । सबै प्रकारका सार्वजनिक निष्कासन खुलाउन बोर्ड सञ्चालक समितिले निर्णय गरेर केही दिनभित्रै सार्वजनिक निष्कासनको बाटो खुलाउने प्रक्रियामा लागेकोे बोर्डले जानकारी गराएको छ । यसअघिका अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएर सरकारले बर्खास्त गरेदेखि बोर्डले साउन १४ गतेदेखि आईपीओलगायत अन्य सार्वजनिक निष्कासनको अनुमति दिएको छैन ।
Leave a Reply