कोरोना संक्रमण पाँच दिनमै दोब्बर, अबस्था भयावह बन्दै

 ग्लोबल टिभि           0

कविन्द्र तिमल्सिना

कोरोना संक्रमण पाँच दिनमा दोब्बर भएको छ । गएको पुष ३० गते नेपालमा पाँच हजार ८७ जनामा कोरोना पुष्टि भएकोमा मंगलबार एकै दिनमा दश हजार २ सय ५८ जनामा पुष्टि भएको छ ।

यतिको मात्रमा संक्रमित पुष्टि भएको यो पहिलो हो । यसअघि दोस्रो भेरियन्ट अर्थात डेल्टा भेरियन्ट ताका करिब ९ हजार बढी संक्रमित फेला परेको रेकड स्वास्थ्य मन्त्रालयसँग थियो तर, मंगलबार भने अहिलेसम्मकै उच्च संक्रमित पुष्टि भएको हो । त्यसो त मंगलबार संक्रमण दर ४४.९३ प्रतिशत पुगेको छ । स्वास्थ्य विज्ञहरूकाअनुसार यो भयावह स्थित हो ।

कोरोना परीक्षण गरेमध्ये पाँच प्रतिशत बढी संक्रमण दर भए नै विज्ञले समुदायमा संक्रमण पुगेको र सतर्कता अपनाउन आग्रह गर्ने गरेका छन् । तर, अहिलेको स्थितले संक्रमण समुदायमा मात्र होईन भयावहरुपमा समुदायमा रहेको स्पष्ट देखिन्छ ।

यस अघि डेल्टा भेरियन्टको संक्रमण फैलिएको दोस्रो लहरमा सबभन्दा धेरै २८ वैशाखमा ९ हजार ४ सय ८३ जनामा पुष्टि भएको थियो । संक्रमण दर ४४.४९ प्रतिशत थियो ।

त्यसबेला बेड अभाव, अक्सिजन तथा अन्य व्यवस्थापन राम्रो हुनसक्दा थुपैै व्यक्तिले ज्यान गुमाउनु परेको थियो । तथापि आमिक्रोनको जोखिम बिस्तारै घट्दै जाने विज्ञहरूको दाबी छ । स्वास्थ्य विज्ञहरूका अनुसार संक्रमणको जोखिम अबको एक महिना रहने उनीहरूको दाबी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक प्रक्षेपण अनुसार माघ दोस्रो साता सम्म दैनिक संक्रमण दर उच्च हुने बताईएको छ ।
सोहि प्रक्षेपणले त्यो बेला दैनिक संक्रमित २० हजार हाराहारीमा पुग्ने अनुमान पनि मन्त्रालयको छ । त्यस्तै माघ तेस्रो सातासम्म अस्पतालमा चाप बढ्ने पनि अनुमान गरिएको छ ।

संक्रमण तीव्र गतिमा फैलिएर दैनिक २० हजार सक्रिय संक्रमित थपिए ७ दिनमै १४ हजार बेड आवश्यकता पर्नसक्ने मन्त्रालयको प्रक्षेपण छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल देशभरमा ८ हजार २ सय २ वटा आइसोलेसन बेड, ३ हजार ८ सय ४६ एचडीयू, २ हजार ७ सय ९७ आईसीयू र १ हजार ८ वटा भेन्टिलेटर सहितका बेड छन् ।

यो निजी तथा सरकारी अस्पतालको बेड संख्या हो, जहाँ कोभिडसँगै नन् कोभिडका विरामीहरूको उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी पनि तेस्रो लहरमा ठूलो जनशक्ति अभाव हुने देखिएको बताउँछन् । ‘अस्पतालको जनशक्ति संक्रमित हुँदै जाँदा सेवा सञ्चालन गर्न समस्या देखिएको संकेत पाएका छौं’ डा. अधिकारीले भने, ‘अहिलेको अवस्थामा कोभिड र नन-कोभिडका बिरामीको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा झनै चुनौती देखापरेको छ ।’

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी पनि तेस्रो लहरमा ठूलो जनशक्ति अभाव हुने देखिएको बताउँछन् । ‘अस्पतालको जनशक्ति संक्रमित हुँदै जाँदा सेवा सञ्चालन गर्न समस्या देखिएको संकेत पाएका छौं’ डा.अधिकारीले भने, ‘अहिलेको अवस्थामा कोभिड र नन कोभिडका बिरामीको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा झनै चुनौती देखापरेको छ ।’

कोरोना संक्रमणको जोखिम उच्च हुने भन्दै खोप लगाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन मन्त्रालयले सवैमा अपिल समेत गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *