जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क लगाए नलगाएको अनुगमन थाल्यो

 ग्लोबल टिभि           0

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल नगर्न निर्देशन जारी गरेको छ। निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई हिड्डुल गर्नेहरूलाई कारबाही गरेको छ ।

सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरूलाई एक रुपैयाँका दरले जरिवाना तिराइएको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेतृत्वको टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *