२ सय ९९ औँ पृथ्वी जयन्ती मनाईँदै

 ग्लोबल टिभि           0

दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईदै छ । सोही अवसरमा पृथ्वीनारायण शाहको जन्मथलो गोरखाका पाँच वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।

गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यवतीका जेठा छोराका रूपमा विसं १७७१ पुस २७ गते जन्मीएका पृथ्वीनारायण शाहाले टुक्रिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ।

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आजै गोरखा नगरपालिकाको आयोजना तथा गोरखा युथ क्लबको संयोजनमा द्रव्यशाह चौतारा हुँदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसपार्क हुँदै गोरखा दरबारसम्म खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्तले जानकारी दिए।

त्यसै गरी नेपाली सेनाले पनि आज ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाएको छ । आज २९९औं पृथ्वी जयन्तीको अवसरमा सेनाले जङ्गी अड्डास्थित श्री ५ पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेको नेपाली सेनाले जनाएको छ ।

‘साथै सेनाले ‘पृथ्वी नारायण शाह अध्ययन केन्द्र’ समुद्‍घाटन समेत गरेको छ । प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले अध्ययन केन्द्रको उद्घाटन गरेको सेनाले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *