संक्रमण बढ्दै गइरहेको छ लापरबाही नगर्नू -स्वास्थ्य मन्त्रालय

 ग्लोबल टिभि      शनिबार, माघ ८, २०७८      0

सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ। स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरूलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसाबले कम जोखिमपूर्ण रहे पनि संक्रमण दर बढाइरहेको बताए।

उनले आम मानिसहरूले स्वास्थ्यसम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाविरूद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताए। असावधानीका कारण कोरोनाबाट हुने जनधनको क्षति हुन नदिन सबैले आ(आफ्नो क्षेत्रबाट सहयोग र सचेत रहनुपर्ने बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *