प्रदेश १ मा एक हजार ६० जना कोरोना संक्रमित थपिए

 ग्लोबल टिभि           0

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा मात्र एक हजार ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ तथा ५६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश नं.१ का मोरङ, सुनसरी र झापा जिल्लामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३७७, सुनसरी २५४ र झापामा १४० जनामा कोरोना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा पाँचथर सदरमुकाम फिदिममा समेत १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै धनकुटा, उदयपुर, तेह्रथुम इलाम, ओखलढुङ्गा, भोजपुर र खोटाङमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५१५ रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *