माघ ९
आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् ।
पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए ।मेयर शाक्यले भने, ‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ गयो त्यहीँ ट्राफिक जाम हुन्छ । त्यसमा पनि चाबहिल चोक अति जाम हुने ठाउँ हो । बाटो फराकिलो छ तर जाम हुन्छ । पहिला पनि यहाँ स्थानीयहरूको मागअनुसार चाबहिल चोकको दक्षिणपटि एउटा पुल हामीले बनाइसक्यौँ ।
त्यो पुल धेरै उपयोगी पनि भयो । धेरैले सराहना पनि गरे । यस्तै पुल अर्को ठाउँमा पनि बनाइदिनुपर्छ भनेपछि चाबहिल चोकको उत्तरपट्टि शिलान्यास गरेका हौँ । अर्को एउटा पुल फेरि मित्रपार्कमा पनि शिलान्यास गरिएको छ । स्थानीयवासीको सहयोग भए समय अघि नै काम सक्छौँ ।’
पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ । २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र २ मिटर चौडाइको हुनेछ ।
Leave a Reply