कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दा हेर्दाहेर्दैमा

 ग्लोबल टिभि           0

माघ १०
सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दा हेर्दाहेर्दैमा राखेको छ। सोमबार पनि सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।

शिवहरि दाहाल, अनमोल भट्टराई, ईन्द्रकमल शिवाकोटीलगायतले दायर गरेका मुद्दाहरूको सुनुवाइ न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भइरहेको छ। मुद्दामा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत लाई विपक्षी बनाइएको छ।

सर्वोच्चले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित सबै मुद्दालाई एकै मुद्दाको रूपमा (लगाउ) राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। यससँगै २९ पुसबाट एकसाथ सुनुवाइ सुरु भएको मुद्दामा ७ माघमा दोस्रोपटक सुनुवाइ भएको थियो । ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दामाथि सोमबारका लागि पेसी तोकेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *