बुधबार देशभर आंशिक देखि सामान्यतया बदली रहने

 ग्लोबल टिभि           0

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। साथै सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *