ग्लोबल टिभि
0
काठमाडौंको शंखरापुर नगरपालिका–३, बोजेनीमा एक दम्पती सुतेकै अवस्थामा मृत भेटिएका छन् ।
बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।
बिहान ७ बजेसम्म पनि उनीहरुले ढोका नखोलेपछि जेठो छोरा २६ वर्षीय सूर्यबहादुर थिङ ढोका फुटाएर घरभित्र प्रवेश गरेका थिए ।घटनाको छानविन भईरहेको एसपी मैनालीले बताए ।
Post Views: 1,014
Leave a Reply