८१ किलो गांजासहित ४ जना पर्साबाट प्रकाउ

 ग्लोबल टिभि           0

८१ किलो गांजासहित ४ जना प्रकाउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा जिल्लास्थित बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ६० वर्षीय गणेश साह कलवार र उनका छोरा ३४ वर्षीय सन्तोष साह कलवार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आफ्नै घरमा लागु औषध गाँजाको विक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सुचना पाए लगत्तै अभियुक्तको घरमा खानतलासी गर्दा घरको कोठाको खाटमुनी लुकाइ छिपाई राखिएको अवस्थामा ७४ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्लाकै विन्दावासिनी गाउपालिका–४ अमरपट्टीबाट झौवा जाने बाटोमा पनि दुईजना लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शंकास्पदरूपमा हिडीरहेका पाइएपछि चेक जाँच गर्दा लागुऔषध फेला परेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउपालिका–१ दोहोरी टोल बस्ने ३५ वर्षीय सुरेश दास र भारत विहार मोतिहारी जिल्लाको भेलाही थाना १ बस्ने ४२ वर्षीय दसाही दास रहेका छन् । उनीहरुले बोकेको झोला जाँच गर्दा ७ किलो लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साले जानएको छ ।

प्रकाउ परेका अभियक्तहरुलाइृ नयन्त्रणमा लिई इलाका प्रहरी कार्यलय पोखरियाबाट लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय पर्साका डिएसपी ओम प्रकाश खनालले बताए

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *