विकास रौनियार, धादिङ । दुर्घटना न्यूकिकरणका लागि पृथ्वीराजमार्गमा प्रहरीले विशेष सचेतना अभियान सुरु गरेको छ । सवारी दुर्घटना बढी हुने राजमार्गका रुपमा परिचित पृथ्वीराजमार्ग लक्षित गरी जिल्ला ट्राफिक कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीले संयुक्त रुपमा सचेतना अभियान सुरु गरेका हुन् ।
दुर्घटना वृद्धिहुँदै गइरहेकोले सवारी दुर्घटना न्युनिकरणका लागि इलाका प्रहरी कार्यालय गजुरीले दुर्घटना न्युनिकरण सचेतना अभियान सुरु गरिएको प्रहरीको भनाई छ ।
ईलाका प्रहरी कार्यालय गजुरीले दुर्घटना न्युनिकरणका लागि धादिङको जोगिमारा, गजुरी, मलेखु, गल्छी, र सिम्लेमा अभियानको सुरुवात गरेको ईलाका प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड़काले जानकारी दिए ।
सवारी दुर्घटनाका अधिकांस घट्नाहरुमा मोटर साईकलहरु नै जोडिने गरेको र मोटर साईकल चालकहरुले सडक सुरक्षालाई ध्यान नदिई मोटर साईकल चलाउने गरेको पाईएकोले मोटर साईकल चालकहरुलाई सवारी दुर्घटना सम्बन्धी सचेतना अभियान सुरु गरीएको जिल्ला टाफिक कार्यालयका प्रहरी निरीक्षक सुर्दशन देव जोशीले जानकारी दिए ।प्रहरी निरीक्षक भोजराज पाण्डेले दुर्घटना रोक्न् चालक अनुसाशित हुनु पर्ने मा जोड दिए ।
९० प्रतिशत दुर्घटना पृथ्वी राजमार्गमा मोटरसाईकलको लापरवाहिले गर्दा बढेको प्रहरीले जनाएको छ । सोही कारण मोटरसाईकल चालकलाई लक्षित गरी सचेतना अभियान गरिएको हो । दुर्घटना न्यूकिरणका लािग चालक , सहचालक , पैदल यात्रु र यात्रुहरुले पनि ध्यान दिनु पर्ने प्रहरीको भनाई छ । सवारी दर्घुटनाका कारण वर्षेनी ठूल्वो जनधनको क्ष्ँति हुने गरेको छ । दुर्घटननामा परी कतिपयको अगंभंग पनि हुने गरेको छ ।
Leave a Reply