मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

 ग्लोबल टिभि           0

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुरमा दुईजनाको मृत्यु भएको छ । मृत्यु् हुनेमा से६प ३१६७ नम्बरका मोटरसाइकल चालक धनगढीको ५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका २ वाणीका ३५ वर्षीय जनक बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । सोही मोटरसाइकल दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका-५ आम्खैयामा बिहीबार राति दुर्घटना भएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *