झापामा बम बनाउने विस्फोटक पदार्थ बरामद

 ग्लोबल टिभि           0

झापाको पूर्वी नाका संवेदनशील बन्दै गएको छ । यो नाकामा असुरक्षा बढ्दै गएको तथ्य फेला परेको छ । नाकाबाट बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ ओसारपसार हुने तथ्य फेला परेको छ ।
मंगलबार विशेष सूचनालाई पछ्याउँदा सशस्त्र प्रहरीले कमरसियल डेटोरेन्ट ८० थान र नेपोलाइट ९१ लोला बेवारिसे अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल दुई नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम भण्डारीले जानकारी दिए ।
यद्यपि ओसारपसारमा संलग्न अझै पक्राउ पर्न सकेका छैनन् । यो विस्फोटक पदार्थ बालुवामा गाडिएको अवस्थामा बेवारिसे फेला परेको हो । मेची खोलाको नेपाल भारत सीमा स्तम्भ ९- १ र ९ -२ मा फेला पारिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकले संवेदनशील विषय भएको र अनुसन्धान भइरहेको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *