आज भूकम्प दिवस मनाइँदै

 ग्लोवल टि.भी.      शुक्रबार, माघ २, २०७७      0

माघ २ गते सँधै झै यस वर्ष पनि भूकम्प दिवस मनाइएको छ ।

मुलुकमा विभिन्न समयमा आएका भूकम्प र यसले पु¥याएको क्षतिको सम्झना तथा सुरक्षाका उपायहरुमाथि छलफल र बहस गर्दै यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा काठमाडौं महानगरपालीकाले शुक्रबार काठमाडौंको भुगोल पार्कमा राष्ट्रिय भूकम्प स्मृति सभाको आयोजना गरेको थियो ।

सभामा गृहमन्त्री रामबहादुर थापा बादलले नेपालमा शताब्दीको अन्तरमा महाविपत्तीहरु आउने इतिहासले नै देखाएकाले यस्तोको पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

प्राकृतिक विपद् रोकेर रोक्न नसकिने उल्लेख गर्दै गृहमन्त्री थापाले सरोकार निकायले यसमा ध्यान दिनुपर्ने बताए । गृहमन्त्री थापाले कोरोनारुपी भूकम्पसँगै नेपालमा राजनीतिक भूकम्प आएको तर्क समेत गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *