पाँचथरमा लेक लागेर एक जनाको मृत्यु

 ग्लोबल टिभि           0

माघ २२
पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ का ३१ वर्षीय विशाल मगर रहेका छन् । उनलाई फालेलुङ-५ धुपीडाँडामा लेक लागेर  मृत्यु भएको हो । भाइ विक्रम मगरसँग हिँजो दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ लागेका विशाल घरबाट अन्दाजी १५ किलोमिटर माथि हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए ।

तर घर फर्कने क्रममा घुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस् भएका उनको आज विहान ३ बजे सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *