मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, माघ २, २०७७      0

चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटा रहेका छन्। उनको उपचारका क्रममा ओम समाज अस्पतालमा मत्यु भएको महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणले जानकारी गराएका हु्न्।

चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले अमृतलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *