खाल्डोमा डुबेर बालिकाको मृत्यु

 ग्लोबल टिभि           0

माघ २२
नुवाकोटमा पानी भरेको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ । सर्लाही बरथहवा नगरपालिका–१५ स्थायी घर भई विदुर नगरपालिका–६ बस्ने रतन महराकी ४ वर्षीया छोरी कृतिको शनिबार ज्यान गएको हो ।

विदुर नगरपालिका–६ बुनीबेंसीस्थित जालपाभैरवी इँटा उद्योगको इँटा बनाउन खनिएको खाल्डोमा परेर बालिकाको ज्यान गएको छ । उनका बुवा रतन सोही इँटा उद्योगमा कार्यरत छन् । खाल्डोमा जमेको पानीमा डुबेकी बालिकाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *