लोकप्रिय टेलिभिजनकर्मी सरोजसिंह थापा ग्लोबल टेलिभिजनमा आवद्ध

 ग्लोवल टि.भी.      शुक्रबार, माघ २, २०७७      0

काठमाडौं । लोकप्रिय टेलिभिजनकर्मी तथा सञ्चारकर्मी सरोजसिंह थापा ग्लोबल टेलिभिजनमा आवद्ध हुनु भएको छ । यस अघि हिमालय टेलिभिजनमा कार्यरत थापा छिट्टै प्रशारणमा जान लागेको टेलिभिजन ग्लोबल एचडीमा आवद्ध हुनु भएको हो ।

शुक्रवार टेलिभिजनमा एक औपचारिक कार्यक्रमका बीच थापालाई टेलिभिजनका अध्यक्ष सुरेश काफ्ले, निर्देशक एवंम प्रधान सम्पादक जीवन काफ्ले, प्रशासन प्रमुख प्रकाश भण्डारी लगायतले स्वागत गर्नु भयो । टेलिभिजनमा आवद्ध भएपछि थापाले यस टेलिभिजनलाई अहिलेको आवश्यकता र दर्शकको रोजाइको टेलिभिजन बनाउने प्रतिवद्धता जनाउनु भयो ।

सो अवसरमा टेलिभिजनका अध्यक्ष काफ्लेले देशको नेतृत्व नै युवापुस्ताले गर्नुपर्ने अवस्थामा आफूहरुले युवा सञ्चारकर्मीलाई नै टेलिभिजनको नेतृत्व सुम्पिन पाउनु खुसीको कुरा भएको बताउनु भयो । जसको परिणाम आम दर्शकले टेलिभिजनको पर्दामा देख्न पाउने उहांको दाबी छ ।

टेलिभिजनका निर्देशक तथा प्रधान सम्पादक काफ्लेले टेलिभिजन छिट्टै भव्य समारोहका बीच आमदर्शकका बीचमा जाने जानकारी दिनु भयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *